महानगरले हटायो अभद्र व्यवहार गर्ने ७ नगर प्रहरीलाई जागिरबाट, ५ जना निलम्बनमा

काठमाडाैं | असार २६, २०८०

महानगरले हटायो अभद्र व्यवहार गर्ने ७ नगर प्रहरीलाई जागिरबाट, ५ जना निलम्बनमा

काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्।

 

महानगरले १२ जना नगर प्रहरीमध्ये ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएर अन्य ५ जना स्थायी नगर प्रहरीलाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

 

उनका अनुसार नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिएविपरीत काम गरेको हुँदा कारबाही गरिएको हो। 

 

अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौं, उनले भने, कामबारे ब्रिफिङ गर्दा अभद्र व्यवहार नगर्न समेत भनेका छौं।

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्